२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा पनि एककाे मृत्यु, वासिङ्टनमा आपतकाल घोषणा

3254 Shares
Spread the love

वासिङ्टन- कोरोना (कोभिड १९) भाइरस संक्रमणका कारण अमेरिकामा एक जनाकाे मृत्यु भएकाे छ। वासिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो।

कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वासिङ्टनका गभर्नरले आपत्कालीन स्थितिकाे घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन्।

अमेरिकाले इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्धको घोषणा गरेको छ।

चीनकाे वुहानबाट सुरु भएको कोरोना संक्रमण यतिखेर विश्वका ६० भन्दा धेरै देशमा फैलिइसकेको छ। २९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ।

प्रतिक्रिया