२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

पूर्व राजदूत केशव झा घरैमा मृत अवस्थामा भेटिए

740 Shares
Spread the love

काठमाडौँः फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा काठमाडौँको बबरमहलस्थित उनकै घरमा मृत अवस्थामा भेटिएका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाका अनुसार घरको आफ्नै कोठामा टाउकोमा चक्कुले हानेको अवस्थामा झाको शव भेटिएको हो । चक्कु पनि उनको टाउकोमै गाडिएको अवस्थामा भेटिएको डिएसपी थापाले जानकारी दिए ।

८० वर्षीय झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थापाले बताए । ‘घटनाबारे अनुसन्धान अघि बढाइसकेका छौँ’, थापाले भने, ‘हत्या या आत्महत्या अहिले नै केही भन्न सकिन्न, चक्कुले टाउकोमा प्रहार गरिएकाले हामीले फरक फरक कोणबाट अनुसन्धान गरिहेका छौँ ।’

थापाका अनुसार झा सुत्ने गरेको कोठा बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । महानगरीय प्रहरी परिसरको टोली पुगेर ढोका खोल्दा झा मृत अवस्थामा भेटिएको थापाले बताए ।

झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए । झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवा गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार झा नेपालको तर्फबाट फ्रान्समा ‘चिफ अफ प्रोटोकल’ अर्थात् राजदूत हुने पहिलो अधिकारी थिए ।

प्रतिक्रिया