२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

दुई छोरीलाई चर्पीमा डुबाएर भाग्ने आमा पक्राउ

1661 Shares
Spread the love

चर्पीको खाडलमा डुवाइएकी बच्ची


काठमाडौं ।दुई छोरीलाई चर्पीमा डुबाएर भाग्ने आमा ताप्लेजुङकी अनिता विकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई शुक्रबार सुनसरीको तरहराबाट पक्राउ गरेको हो ।

धरान जान लागेको सूचनाको आधारमा खोजी गर्दा उनलाई तरहरामा फेला पारेको ताप्लेजुङका प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाले जानकारी दिए ।

अनिताले आफ्ना दुई छोरीलाई चर्पीको खाडलमा डुबाएर भाग्दा एकजनाको डुबेकै ठाउँमा र अर्कोको उपचारका लागि झापा लैजाने क्रममा मृत्यु भएको थियो ।

प्रहरी र आफन्तले खोजी गर्दा उनी धरान जान लागेको सूचना पाएपछि पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । उनलाई आवश्यक प्रक्रिया पुर्‍याएर ताप्लेजुङ लगिने थापाले जानकारी दिए ।

प्रतिक्रिया