२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

हामी नेपाली नेपालद्वारा भेटघाट कार्यक्रम सम्पन्न

1661 Shares
Spread the love

आशिष तामाङ,

काठमाडौँ ,धर्म,जातीयता र राजनीतिबाट मुक्त संस्था हामी नेपाली नेपालले भेटघाट कार्यक्रम गरेको छ। धुम्बराहि स्थित हामी नेपाली नेपालको कार्यालयमा भएको हो।

उक्त कार्यक्रममा अतिथिहरु हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय कार्यसमितिका वोर्ड अफ डिरेक्टर गीता लामा , अञ्जना शाह , मन्दिर प्रसाद तिमिल्सीना , खेलकुद विभाग प्रमुख मोहन वाईवा रहेको छ।

हामी नेपाली  नेपालका अध्यक्ष विमल कुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको उपाध्यक्ष बलराम पाण्डे, कोषध्यक्ष गोबिन्द राई, सचिब हस्त खड्का र किरण मोक्तान लगाएत हामी नेपाली नेपालको सदस्यहरू उपस्थिति थिए ।

विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको  हामी नेपाली ग्लोबल र हामी नेपाली नेपाल शाखाले संस्थाका गतिविधि बारे छलफल गरेको थियो।

कार्यक्रममा हामी नेपाली नेपालका अध्यक्ष विमल कुमार खड्काले कार्यक्रममा अतिथिहरुलाई खादा लगाएर स्वागत गरेको थियो।

प्रतिक्रिया