२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

मदिरा र खाजा पसलकी महिलालाई जबर्जस्ती करणी गर्ने प्रकाउ

1729 Shares
समाचार प्रतिनिधि स्केच
Spread the love

नुवाकोट । एक महिलालाई जबर्जस्ती करणीको गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ककनी गाउँपालिका–२ ओखरपौवाकी ३१ वर्षीया महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा काठमाडौँ, तारकेश्वर नगरपालिका–१० का ४० वर्षीय सुनीलचन्द्र प्रधान र भक्तपुर नगरपालिका–१४ का ३३ वर्षीय महादेवजंग राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

होटेल व्यवसायमा संलग्न महिलालाई मदिरा र खाजा खान आएको समयमा तिनले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ। मदिरा र खाजा खाइरहेका बेलामा भान्छाकोठामा आई जबर्जस्ती करणीको प्रयास गरेको पीडितले प्रहरीको दर्ता गरेको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया