२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

स्वतन्त्रता दिवसका अवसरमा नेपाललाई भारतका ३० एम्बुलेन्स र ६ बस

1502 Shares
Spread the love

काठमाडौं । भारतको ७२ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न संघ–संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ ।

भारतीय राजदूतावास लैनचौरमा बुधबार आयोजित कार्यक्रममा दूतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो ।

त्यसैगरी विभिन्न स्थानका ६८ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामग्रीसमेत प्रदान गरेको छ । भारतीय दूतावासले हालसम्म नेपालका ७७ जिल्लाका विभिन्न संघसंस्थालाई ६९२ वटा एम्बुलेन्स र १३६ वटा बस प्रदान गरिसकेको छ ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराई भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाउनुभएको थियो।

राजदूत पुरीले नेपाली जनतासँग भारतीय जनताको सम्बन्ध प्रगाढ रहेको भन्दै नेपालको शान्ति, स्थायित्व र समृद्धिका काममा भारत सधैं सहयोगी बन्ने बताए ।

७२ वर्ष पहिले अंग्रेजहरुबाट भारत स्वतन्त्र राज्यमा परिणत दिनलाई भारतले स्वतन्त्रता दिवसको रुपमा मनाउदै आएको छ ।

प्रतिक्रिया