२०८१, २२ आश्विन मंगलवार
×

ट्रेन्डिङ

हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा ज्यान गयो

1261 Shares

पंखाले लागेर घटनास्थलमै मृत्यु भएका भारतीय नागरिक ।


सुर्खेत : सेल्फी खिच्ने क्रममा हेलिकोप्टरको पंखाले लागेर हुम्लामा एक भारतीय नागरिकको मृत्यु भएको छ। सिमिकोटबाट उडेको हेलिकोप्टर हिल्सामा अवतरण गरिसकेपछि पंखाले लागेर भारतीय नागरिकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक मेहताको घटनास्थलमै मृत्यु भएको हो।  भारतको महाराष्ट्रस्थित मुम्बईका मेहता मानसरोवर दर्शनका लागि हेलिकोप्टरमा हिल्सा पुगेका थिए।

हेलिकोप्टर अवतरण गरिसकेपछि सेल्फी खिच्ने क्रममा पछाडिको पंखाले लागेर उनको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले हेलिकोप्टरको पंखा (तेल रोटर)ले लागेर उनको मृत्यु भएको बताए। मेहता सेल्फी खिच्न हेलिकोप्टको पछिल्लो भाग नजिक पुगेका थिए।

सोहीक्रममा पछाडिको पंखाले लागेको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए। मनाङ एयरको ‘९एन अल्फा माइक भिक्टर’ कल साइनको होलिकोप्टरको पंखाले लागेर ४२ वर्षीय मेहताको मृत्यु भएको हो। हेलिकोप्टरमा गएका अन्य पाँच यात्रु सकुसल छन्।

मेहता मानसरोबर यात्रामा जाँदै थिए।

प्रतिक्रिया