२०८३, १४ श्रावण बिहीबार
×

ट्रेन्डिङ

अब युएई जान नेपाली कामदारलाई शुल्क तिर्नुनपर्ने

1509 Shares
Spread the love

काठमाडौं : वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारले कुनै शुल्क तिर्नुनपर्ने भएको छ।

आइतबार र सोमबार काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्य समूहको बैठकले जेठमा भएको श्रम समझदारी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सम्झौता गरेसँगै शून्य लागतमा नेपाली कामदार युएई जान पाउने भएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

सम्झौता मंगलबारदेखि नै कार्यान्वयनमा आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले बताएका छन्।

गत जेठमा नेपाल र युएईबीच श्रम समझदारी भएको थियो। अब सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै बेहोर्नेछन्।

प्रतिक्रिया