२०८३, २७ जेष्ठ बुधबार
×

ट्रेन्डिङ

सिंहदरबारभित्रै कुटिए उपसचिव

2145 Shares
Spread the love

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र उपसचिव कुटिएका छन्।

मन्त्री लालबाबु पण्डितले सम्हालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव आइतबार दिउँसो कुटिएका हुन्।

तत्कालीन नेकपा एमाले निकट निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले अधिकृत सरुवा नगरेको भन्दै मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई मुक्का प्रहार गरेका हुन्।

‘सरुवाको लिष्ट आफूअनुकूल नभएपछि विवाद भएछ’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने,’आचार्यमाथि मुक्का प्रहार गर्नुका साथै कुर्सी उचालेर हान्न खोजियो। गमला फुटाइएका छन्।’

घटना लगत्तै मन्त्रालयका सचिव दिनेशकुमार थपलिया तथा मन्त्री लालबाबु पण्डितलाई घटनाबारे जानकारी गराइएको थियो।

घटनाबारे आवश्यक छानबिन गरी छिट्टै दोषीलाई कारबाही गर्ने तयारी मन्त्रालयले जनाएको छ।

स्रोतका अनुसार भण्डारीले शाखा अधिकृतको पोस्टिङ सच्याउन मन्त्रालयलाई दबाब दिँदै आएका थिए।

मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएकोमा त्यहाँ नजाने भन्दै गिरीले चिठी बुझ्न मानेका थिएनन्। गिरीलाई जुम्ला खटाउन भण्डारीले दबाब दिएका हुन्।

डोल्पा खटाइसकेका कर्मचारीलाई जुम्ला खटाउन नसकिने अडान मन्त्रालयले राखेपछि आचार्यमाथि आक्रमण भएको हो। भण्डारी शिक्षा विभागका अधिकृत हुन्।

प्रतिक्रिया