२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

महराको छोराहरुले बन्दुकको फोटो हाल्दै दिए चेतावनि

1804 Shares
Spread the love

संसदिय सचिवालयकि कर्मचारीले बलात्कारको आरोप लगाएका कृष्ण बहादुर महराको विषयमा उनका दुई छोराले समाजिक संजालमा प्रतिक्रिया दिएका छन् । यौन अपराधको विवादपछि महराले सभामुखको पदबाटै राजीनामा दिएका छन् । उनका दुई छोरा निर्मल निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्नो फेसबुकबाट ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् ।

मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् ।उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामना गर्नुपरेको उल्लेख गरेका छन् ।

उनीहरुले स्टाटसमा लेखेका छन्, ‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।

बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’

प्रतिक्रिया