२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

आज घटस्थापना, घरघरमा जमरा राखिँदै

950 Shares
Spread the love

हिन्दु नेपालीले मनाउने महान चाड वडा दसैँ आजदेखि सुरु भएको छ।

दसैँको पहिलो दिन आइतबार घरघरमा जमरा राखेर घटस्थापना गरिँदैछ।

जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गर्ने गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने धार्मिक विश्वास छ।

घटस्थापनाका दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ। त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ।

घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धिपछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ।

जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ। घटस्थापनाको साइत आइतबार बिहान १०ः३५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

प्रतिक्रिया