२०८३, १४ श्रावण बिहीबार
×

ट्रेन्डिङ

नेपालका विभिन्न बैकको सिस्टम ह्याक गरी ५ अर्ब चोर्ने योजना प्रहरीले पा¥यो विफल,कृषि विकास बैंकको ४ करोड भन्दा बढि रकम चोरी गर्ने १२ पक्राउ

1376 Shares
Spread the love

काठमाडौं – नेपाल प्रहरीले कृषि विकास बैंकको लाहान शाखाबाट चार करोड ७३ लाख रुपैयाँ ‘ह्याक’ गरी चोरी गर्ने एक गिरोहलाइ पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले पक्राउ गरी मुख्य आरोपी चारजनालाई बुधबार सार्वजनिक गरेको हो ।

भारतको नयाँदिल्लीमा बस्दै आएका पिटर नामक विदेशीले नेपाली नागरिकहरु प्रयोग गरी कृषि विकास बैंकबाट रकम लुटेका हुन् ।

यो गिरोहले कैलाश विकास बैंक, नबिल बैंक र पानस रेमिटबाटसमेत रकम ह्याक गरेको खुलासा भएको छ ।

पक्राउ पर्नेमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सन्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्रबहादुर बुढा रहेको प्रहरी जनाएको छ ।

पिटरले यी व्यक्तिहरु प्रयोग गरी हुन्डीमार्फत् रकम बुझ्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

नेपालका विभिन्न बैंकबाट पाँच अर्ब रुपैयाँ ह्याक गर्ने उनीहरुको योजनालाई प्रहरीले विफल पारेको उनको भनाइ छ ।

पिटर नामका विदेशीले रकम ह्याक गरी गिरोहका नेपाली सदस्यहरुको खातामा पठाउने र हुन्डी गरेवापत् १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने गरेकोअनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुरअन्तर्गत् कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया