२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

गणेश लामालाई एक बर्ष कैद र डेढ करोड जरिवाना

गत फागुन दोश्रो साता लामालाई प्रहरीले हतियार सहित गौशालाबाट नियन्त्रणमा लिएको थियो
1242 Shares
Spread the love

काठमाडौं ।(विशेष अदालत काठमाडौंले नेपाली कांग्रेसका नेता गणेश लामालाई एक बर्ष कैद र डेढ करोड जरिवानाको फैसला सुनाएको छ । अदालतले लामाको एक करोड ४० लाख स्रोत नखुलेको सम्पति जफत हुने फैसला गरेको हो। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले काभ्रेका लामालाई एक करोड ४० लाख बराबरको अबैद्य सम्पति जफत र त्यति नै बराबरको जरिवाना गरेको हो।

विशेष अदालतका रजिष्ट्रर भिमकुमार श्रेष्ठका अनुसार लामालाई सम्पति सुद्धिकरण विभागले ५ जेठ, २०७० मा उनको २७ करोड एक लाख रुपैयाँको सम्पतिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो।

हातहतियार तथा खरखजना मुद्धामा डिल्लीबजार कारागारमा हाल सजाय भोगिरहेका लामा सम्पत्ति सुद्धिकरण विभागले दायर गरेका मुद्दामा सजाय पाउने पहिलो ‘गुण्डा नाइके’ हुन्। अदालतले उनका परिवारका अन्य सदस्यलाई भने सफाइ दिएको छ।

गत फागुन दोश्रो साता लामालाई प्रहरीले हतियार सहित गौशालाबाट नियन्त्रणमा लिएको थियो। उनी हाल सदरखोर चारखालमा छन्।

प्रतिक्रिया