२०८०, १४ फाल्गुन सोमबार
×

ट्रेन्डिङ

श्रीमतीलार्इ हत्या गरी भारतीय जंगलमा फाल्ने श्रीमान गिरफ्तार

3614 Shares

नेपालगञ्‍ज । नेपालगञ्जका शेर मोहम्मद शेषले श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। नेपालगञ्ज–२३, जंगलीसिंहपुरुवाका २५ वर्षे शेषले नेपाल–भारतको सीमावर्ती जंगलमा श्रीमतीलाई मारेर फालेका हुन्।

बन्धकी राखेको सुन निकाल्न श्रीमतीसँगै गएका शेषले बाटोमा झगडा भएपछि एक थप्पड हानेका थिए। एक थप्पड घाटीमा हान्दा श्रीमती बेहोस् भएपछि उनले घाँटी थिँचेर मारेको प्रहरीलाई बयान दिएका दिएका छन्।

अब्दुल्लागञ्ज जंगलमा श्रीमतीलाई मारेर फाली शेष जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जमा आत्मसमर्पण गरेका थिए। ‘मैले श्रीमतीलाई मारेर फालेको छु भन्दै शेष जिप्रका, नेपालगञ्जमा हिजो अपरान्ह आइपुगेका थिए, प्रहरी निरीक्षक भरत राठौरले भने, आफैले श्रीमतीलाई मारेर आएको भनिपछि उसलाई हामीले राख्यौ।’

शेषले भनेको स्थानमा बिहीबार बिहान आठ बजे नै बाँकेको एक टोली गएको थियो। असईको नेतृत्वमा गएको टोलीले शव भेटाउन सकेन। त्यसपछि फेरि शेषलाई नै लिएर प्रहरी घटनास्थलमा पुगेको थियो। यसपटक भने शव भेटिएको प्रहरीले बताएको छ। शवको मुचुल्का गरी ट्याक्टर खोजेर ल्याउन ढिलाई भएको प्रहरी निरीक्षक राठौरले बताए।

शेष विदेशमा थिए। हालसालै उनी घरमा आएका थिए।घरमा आएपछि श्रीमतीको चरित्रमाथि आशंका गरिरहेका थिए। ‘विदेशमा हुँदा फोनमा कुरा गर्दा पनि मैले चालढाल राम्रो पाएको थिएन, शेषले प्रहरीलाई भनेका छन्। केही स्थानीयले पनि ‘तेरो श्रीमतीको चालचलन राम्रो नरहेको’ भन्दै शेषलाई कुरा लगाएको स्रोतले बतायो।

शेषले भारतबाट विहे गरेका थिए। उनका चार बच्चा छन्। एक वर्षअघि कोहलपुर–४, बेलनपुरका २९ वर्षीय मो. अस्ताव बेडुवाले श्रीमतीको हत्या गरेर इलाका प्रहरी कार्यालय, कोहलपुरमा आत्मसमर्पण गरेका थिए।

श्रीमती फलसुनदेवी बेडुवाको हत्या र अस्ताव जेल परेपछि उनका ६ बच्चा अहिले बिचल्लीमा परेका छन्।

प्रतिक्रिया