1070
Shares
रियाद : साउदी अरेबियाका तेल केन्द्रमा हालै गरिएको ड्रोन हमलाका कारण विश्व अर्थतन्त्र नै जोखिममा पर्ने साउदी अरेबियाले जनाएको छ ।
यमनी विद्रोही समूह हाउठीले हिजो साउदीको आरामको तेल केन्द्रमा हमला गरेपछि साउदी अरेबियाका उर्जामन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् । हमलाका कारण ५० लाख ब्यारेल भन्दा धेरै तेल उत्पादनमा असर परेको उनले बताए ।
अरब गठबन्धनका प्रवक्ता तुर्की अल मालिकले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनका अनुसार आक्रमणकारीको पहिचान भइरहेको छ ।