२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

तरुण दलका महासचिव शाही पदबाट बर्खास्त

1319 Shares
Spread the love

काठमाडौं  – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले महासचिव भुपेन्द्रजंग शाहीलाई सदस्यसमेत नरहनेगरी पदबाट हटाएको छ । अध्यक्ष जितजंग बस्नेतले शाहीलाई अनुशासन विपरित काम गरेको भन्दै सदस्यसमेत नरहने गरी कारवाही गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘तपाईले आफ्नो पदीय मर्यादा जिम्मेवारी र नेपाली कांग्रेस पार्टी र नेपाल तरुण दलको आदर्श एवं सिद्धान्त विपरित गई अनुशासनहिन कार्यहरु गर्नु भएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यहोरा यसै पत्रमार्फत जानकारी गराइन्छ’ अध्यक्ष बस्नेतद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।

महासचिव शाहीले अध्यक्षसँगको सल्लाह विना निलम्वनमा परेका तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको निलम्वन फुकुवा गरेका थिए भने सप्तरीमा आफु निकटका सिताप्रसाद यादवलाई अध्यक्ष मनोनयन गरेका थिए ।

प्रतिक्रिया