२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सरकारको शैली नसच्चिए पूर्वराजाको जस्तै हालत हुन्छ : देउवा

2208 Shares
Spread the love

सुनसरी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको शैली नसच्चिए पूर्वराजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका छन् ।

बुधबार धरानमा आयोजित नगरसभालाई सम्बोधन गर्दै उनले मुलुक संघीयतामा गइसक्दा पनि सम्पूर्ण अधिकार केन्द्रमै राखेको भन्दै सरकारले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाए ।

आउँदो मंसिर १४ गते हुन लागेको धरान उपमहानगरपालिकाको मेयरको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ‘उखान–टुक्काले देश समृद्ध हुँदैन’ ।

प्रतिक्रिया