२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको मुटुमा राखिएको नली निकालियो

795 Shares
Spread the love

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर (नली) बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार गर्दा मुटुमा क्याथेटर राखिएको थियो। सेन्टरका चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर १५ मिनेटमा निकालिएको थियो।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री सामान्य फलोअपका लागि सेन्टर पुगेका हुन्।

‘प्रधानमन्त्रीज्यू विहान सामान्य फलोअपका लागि जानुभएको हो। उहाँ बालुवाटार फर्किएर काममा सक्रिय भइसक्नुभएको छ,’ प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले भन्यो।

प्रतिक्रिया