२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

एसिड आक्रमणमा परेकी खातुनलाई प्रदेश–२ सरकारले ५ लाख सहयोग गर्ने

1354 Shares
Spread the love

काठमाडौं – एसिड आक्रमणमा घाइते भएकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले ५ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

कीर्तिपुर अस्पतालमा उपचारत खातुलाई अस्पतालमै भेट्ट पुगेका मन्त्री रावतले मुस्कानलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय भएको बताए ।

यस्तै सांसद प्रदिप यादवले खातुनको उपचारका लागि ५० हजार सहयोग गरेका छन् । कीर्तिपुर अस्पतालमा उपचारत खातुनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले पनि भेटेका छन् ।

हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान गत शुक्रबार एसिड आक्रमणमा परेकी थिइन् । उनी अहिले खतरामुक्त भएको चिकित्सकले जानकारी दिएका छन् ।

प्रतिक्रिया