२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कांग्रेसको दोस्रो जागरण अभियान आजबाट सुरु

1124 Shares
Spread the love

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट सुरु हुँदै छ ।
कांग्रेसका आदर्श नेता बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारी आजबाट दोस्रो चरणको अभियान सुरु गर्न लागिएको हो । हिमाल, पहाड, तराई–मधेश जागरणको दोस्रो चरणको अभियानको कार्यक्रम अन्तर्गत कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले विभिन्न जिल्लामा सम्बोधन गर्ने र सो अभियान देशब्यापी रूपमा एकसाथ प्रारम्भ हुने जनाइएको छ ।

अभियानको सुभारम्भ बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतीकस्वरुप त्यति नै बिरुवा हरेक प्रदेशसभा क्षेत्रमा गरी करिब ८०० विरुवा रोपेर गरिने भएको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारले सुनसरीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की, उपसभापति विमलेन्द्र निधिले धनुषा, महामन्त्री डा. शशांक कोइरालाले मकवानपुर, अर्का महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ ।

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित बिशेष संवाद ,संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तर्कृया, स्थानीय तहको दुई बर्से समिक्षा कार्यक्रम, पार्टी प्रवेश कार्यक्रम आदि हुने नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन् ।

प्रतिक्रिया