२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

देशको अर्थतन्त्रबारे भ्रम छर्न मानिसहरू परिचालित भएरै लागेका छन : अर्थमन्त्री खतिवडा

2717 Shares
Spread the love

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभित्रैबाट देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिसहरु परिचालित भएको दाबी उनले गरे ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को दशौं वार्षिकोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन् ।

‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ’, खतिवडाले भने, ‘यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भने देखाउँछ ।’

सरकारको चामल नबिकेको र हल्ला गर्नेहरुको पिठो बिक्ने अवस्था बनेको उनले बताए ।

प्रतिक्रिया