२०८३, २७ जेष्ठ बुधबार
×

ट्रेन्डिङ

काठमाडौँ आइपुग्यो नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान

1306 Shares
Spread the love

काठमाडौँ । नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ ।

विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन्।

विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका थिए।

प्रतिक्रिया