२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

आईएसको एउटै आत्मघाती हमलामा परी कम्तीमा ५४ जनाको मृत्यु

2222 Shares
Spread the love

बेरुत । दक्षिणी सिरियामा इस्लामिक स्टेट्स (आईएस) आतङ्ककारी समूहले गरेको आत्मघाती हमलामा परी कम्तीमा ५४ व्यक्तिको मृत्यु भएको छ।

एक महिनामा जिहादी समूहले गरेको यो सबैभन्दा भीषण आक्रमण भएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ। सिरियाली सरकारको बलियो प्रभाव रहेको दक्षिणी प्रान्त स्वेदामा यस विस्फोटबाट कैयौँ क्षेत्र प्रभावित भएको ‘द सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्सले जनाएको छ।

करिब एक हप्ता अगाडि स्वेदाको छिमेकमा पर्ने स्थानमा रुसआवद्ध हवाई आक्रमणमा आईएस लडाकूको हताहत भएको करिब एक हप्ता पछाडि यो आक्रमण भएको हो। यो आक्रमणमा स्वेदा शहरको उत्तर र पूर्वी गाउँमा तीन जना आत्मघाती आक्रमणकारीले गराएको अनुगमनकर्ताहरुले जनाएका छन्।

प्रतिक्रिया