२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

गोकर्णेश्वर नगरपालिकाको खहरेहरुबाट अबैध बालुवा निकासी – उपमेयरलाई देखाउदै पन्छिए प्रशासकीय अधिकृत

2086 Shares

काठमाडौं –अवैध रुपमा नदी र नदी जन्य पदार्थ दोहन गर्ने गिरोहले नयाँ जुक्ति मार्फत बालुबा तस्कर गर्ने गरेको पाइएको छ ।
गोकर्णेश्वर नगरपालिका भित्र रहेका विभिन्न खोला नालाबाट अवैध रुपमा बालुबा उत्खनन् गर्ने कार्य अझै रोकिएको छैन । स्थानिय सरकार अस्तित्वमा आएको करिब ३ बर्ष पुग्न थाल्यो तर गोकर्णेश्वर नगरपालिका भने बालुबा काण्डमा पटक पटक विवादित हुँदै आएको छ । नगरपालिकाले गर्ने निर्णय एकातिर हुन्छन भने काम अर्का तिर भईरहेको नगरपालिकाले स्विको समेत पाउँदैन । वा पाएर पनि त्यसमा चासो राख्दैन । गोकर्णेश्वर नगरपालिका वडा ३ मा रहेका चन्द्रामति र घट्टेखोला, खहरे लगाएतका खोलाबाट दिनहुँ अवैध रुपमा बालुवा तस्कर भईरहेको छ ।

गोकर्णेश्वर नगरपालिकाले नगरपालिका अन्र्तगतको प्राकृतिक स्रोत ढुङ्गा , गिटी बालुवा आदिको कर तथा शुल्क संकलन सम्बन्धी आन्तरिक आय ठेक्काका नाममा रोवी, आर्वी बागमति जेभी कम्पनीलाई ४ करोड ७८ लाख ६० हजार रकम को ठेक्का स्विकृत गराएको छ तर गोकर्णेश्वर नगरपालिका भित्र बालुवा उत्खनन् गर्ने कुनै खानी नभएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले स्विकार गरेका छन् । प्रदेश सरकारले बनाएको निति , नियक कानुनलाई कुल्चीदै नगरपालिकाले के का आधारमा बालुवा निकासीमा भन्दै यत्रो करोडौं रकमको ठेक्का स्विकृत गरायो, त्यो प्रश्न छदै छ ।

यता गोनपा वडा ३ मा रहेका चन्द्रामति ,घट्टेखोला, खहरे लगाएतका खोलामा बालुबा जम्मा गर्न खोलाभित्रै गहिरा खाल्डा बनाउने, बासले बारेर बाध बनाउने र पानि परेको समयमा त्यहि बाधमा र खाल्डोहरुबाट बालुवा जम्मा गराउने कार्यहरु भईरहेका छन् । खोलाका विभिन्न ठाँउहरुमा खाल्डा र बाध बनाउने र धमाधम बालुबा निकाल्ने कार्य दिनदाहडै हुँदै आएको भेटिएको छन् । रोचक त यो छ की बालुबा तस्करहरुका एक मात्र ठेकेदार छैनन् , छुट्टैछुट्टै ठाँउका छुट्टै ठेकेदार । त्यसमा पनि विभिन्न खोला आसपासका क्षेत्रहरु लाई केही समय र रकममा किन्ने र अबैध रुपमा बालुबा निकाल्ने धन्दा गर्दै आएका छन् । वा भनौ बालुबा निकाल्न खोलानै किनबेच समेत हुने गरेको पाइएको छ । त्यस्तो बालुवा निकाल्न ठेकेदारले केही मजदुर लगाउछन । मजदुरहरुले एक निसान गाडी बराबर १५०० सम्म पाउँदा रहेछन भने ठेकेदारले करिव ५ हजार सम्ममा बेच्ने गरेको तथ्य फेला परेको छ । मजदुरले करिव दिनमा ४ टिप्पर (निसान गाडी) बालुवा संकलन गर्दा रहेछन् । त्यो संकलन गरिएको बालुबालाई छोटे ठेकेदारहरुले अन्त कतै नलगी नगरपालिकाले स्विकृत दिएको ठेकदार कम्पनीमा ४५ सय देखी ५ हजार सम्ममा स्विकृतवाला ठेकेदार कम्पनीमा जाने गरेको भेटिएको छ । । नगरपालिकाबाट ठेक्का स्विकृत पाएको कम्पनीले कहाँबाट बालुबा संकलन गर्छ भन्ने सम्मको हेक्का नगरपालिकालाई नभएको देखियो । पौने पाँच करोडको ठेक्का दिएको कम्पनीले बालुबा गिटि कहाँबाट संकलन गर्न सक्छ र बालुबा बेच्छ त्यसको अनुगमन र निरिक्षण नगरी ठेक्का स्विकृत गराउने कार्यमा नगरपालिका लाग्नुले कतै राजश्व उठाउने नाममा अवैध कार्यमा नगरपालिका त लागेको छैन भन्ने प्रश्न उब्जीएको छ ।वा भनौ नगरपालिकाकै सेटिङमा खोलाबाट बालुबा निकाल्ने र बेच्ने कार्यमा नगरपालिकानै अप्रत्यक्ष रुपमा संलग्न रहेको देखिन्छ ।

गोकर्णेश्वर नगरपालिका प्रमुख चालिसेले गोकर्णेवर नगरपालिकामा बालुबा उत्खन्नका लागी त्यस्तो खानी नभएको यस अघि नै स्विकार गरेका थिए । उनको भनाई थियो बालुवा खानी हामी सँग छैन तर नदिले बगाएर खेतका गराहरुमा संकलन भएको बालुबालाई वासिङ मेसिनहरुले संकलन गरेका हुन्छन त्यसको निकासी जेवी कम्पनीबाट गराउन लागिएको हो भन्ने थियो तर यहाँ त खेतका गरा होइनन् धमाधम नदिमा खाड्डो पारेर बाध बानेर बालुबा निकासा गरिएको छ ।
यसबारे नगरपालिकाका प्रशासकिय प्रमुख अग्नी अधिकारीले भने त्यस्तो खोलाबाट निकाल्ने गरेको आफुहरुलाई रिर्पोटिङ नआएको बताए । उनले भने ‘यसबारे हामीलाई यस्तो कार्य भएको भन्ने रिर्पोटिङ आएको छैन , तपाईहरुले खबरदारी गर्नुभयो म त्यसबारे बुझ्छु र स्वयम निरिक्षणमा निस्कन्छु ।’ नगरपालिकाबाट ठेक्काको स्विकृत पाएको कम्पनीले सम्झौता बेगर काम गरेको पाए कारवाहीको दायरामा ल्याउने प्रमुख अधिकारीको भनाई थियो ।
अधिकारीलाई केही समय अघि यसै बालुबाको बिषयमा गोकर्णन्युजकर्मीले ठेक्का स्विकृत दिने आधार र के कति वासिङ कम्पनी छन रु कहाँ बालुवा उत्खनन् गर्ने भन्ने ठाँउहरुको निर्क्यौल र निरिक्षण भएको छ वा छैन भन्ने प्रश्न राख्दा उनको जवाफ दुई साता भित्र सम्पूर्ण विवरण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर उनलाई २० दिन पछि फोन गर्दा समेत त्यसबारे निरिक्षण र डाटा संकलन गर्ने काम हुन नसकेको जवाफ पर्काए । उनले भने उपमेयर ज्यू विरामी पर्नु यो त्यसैले त्यो ठाँउको निरिक्षण लगाएत डाटा संकलन गर्न सकेका छैनौं । एक दुई दिन भित्रमा गर्छौ ।’ भन्दै उनि तर्किए । ९व्यक्तिसँग कुनै सरोकार र सम्बन्धको बिषय रहेन मात्र सिस्टम र कामहरुलाई वेवास्ता गर्ने प्रवृतीलाई खवरदारी गर्न खोजियो०

यता गोकर्ण प्रहरी विटका प्रमुख नायव निरिक्षक९सई० प्रभाकर पुडासैनीले बालुबा तस्करको काम अत्याधिक भएको बताए ।उनले भने ‘म हिजो मात्र यस ठाँउमा जिम्मेवारी सम्हान आईपुगेको हुँ , हिजोनै म त्यस ठाँउमा जाँदा खोलाबाट धमाधम बालुबा निकाल्ने गरेको भेटाए । केही सामान जफत गरेर राखेको छु । पहिलो चोटी चेतावनी स्वरुप यो अवैध कार्य नगर्न भनेर पठाए ।’

सई पुडासैनीले आज विहान पनि आफु स्वयम निरिक्षणमा जाँदा पनि सोही कार्य दोहोरिएको पाएको बताए । उनले भने ‘आज बिहान पनि म स्वय गएको थिए । आज पनि बालुबा निकालेको पाए । हामी जाँदा भाग्ने र एकातिर लखेट्दा अर्को खोलातिर गएर फेरी बालुबा निकाल्ने प्रवुती देखियो । विटमा हाम्रो जनशक्ति कम छ , एकातिर खटियो अर्का तिर समस्या आईलाग्छ । तेता जानु प¥यो । त्यसैले यस्ता कार्य रोक्न नगरपालिका, वडा कार्यालय
हामी प्रहरी,स्थानिय लगाएतको टिम बसेर यसबारे केही निर्क्यौल निकाल्नुपर्छ ।’

यस बालुबा प्रकरणका बारे गोनपा वडा ३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारीले सिडियो कार्यालय,नगरपालिकामा समेत पत्र बुझाएको तर त्यसको सुनुवाई नभएको भन्दै गुनासो गरेका थिए । देशको जिम्मेवार निकाए सिडियो कार्यालयले समेत जनप्रतिनिधिहरुको पत्र र भनाईको सुनुवाई गर्ने तर्फ ध्यान नदिनुले समेत भोलीका दिनमा प्रशासन प्रति जनताको विश्वासमा आँच आउने देखिन्छ ।
त्यस्तै नगरपालिका प्रशासकले यसबारे जानकारी नआएको बताईरहँदा प्रहरी भने दिनहुँ लखेट्न जानु पर्ने प्रवृतीले स्थानिय सरकार कत्ति मजवुत र बलियो होला त भन्ने प्रश्न जन्मनु नौलो नहोला की । सम्बन्धीत सबै पक्षले यसबारे ध्यान दिन जरुरी छ ।

sabhar gokarnanews :

प्रतिक्रिया