969
Shares

काठमाडौँ —सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेल मंगलबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जाने भएका छन् ।
प्रधानमन्त्री ओली भदौ ५ देखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलाको उपचार गराइरहेका छन् । उनको ‘प्लाज्माफेरेरिस’ उपचारको शृंखला आगामी बुधबार सकिनेछ ।
ओलीले आफू यसैसाता स्वदेश फर्कने सूचना नेताहरूलाई पठाएका छन् । पार्टीको प्रतिनिधिका रूपमा गौतम र पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न जान लागेका हुन् । उनीहरू प्रधानमन्त्री ओलीसँगै फर्कने छन् ।