२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

भ्रष्टचारीहरु समातिदै छ – मन्त्री ज्ञवाली

1481 Shares

काठमाडौँ – मदनभण्डारी फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले कुशासनले थिलथिलो भएको देश विस्तारै विधिको शासनमा आउन लागेको बताउनुभयो । ‘धेरै विकृतिहरु सुधार गर्नु छ ।,हामी नयाँ सिस्टममा गएका छौ । केही बर्ष त लाग्छ लाग्छ ।’ उहाँको भनाई थियो ।
संविधान अनुशार मुलुक चलेको बताउँदै उहाँले संघियता सम्बन्धी कुनै अनुभव नभएको बेलामा पनि आर्थिक वृद्घिदर ७.५ हुनु उपलब्धी भएको बताउनुभयो ।

यो बर्ष विकास निर्माणका लागि इतिहासकै सबैभन्दा बढि बैदेशिक लगानी आएको पनि परराष्ट्र मन्त्रीको भनाई थियो । एकै बर्षमा यत्तिधेरै कानून बन्नु पनि सरकारको अर्को उपलब्धी भएको उहाँको बनाई थियो ।

एक बर्षभित्र मूलूक संघियतामा गएर एकै बर्ष तीनबटै सरकार चलेको इतिहास विश्वमा विरलै भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो – संसारमा रहेका २८ वटा संघिय मुलुकमा यस्तो कहिल्यै नभएपनि नेपालमा भने तीनबटै सरकार एकै पटक चलेको छ यसलाई ठूलो उपलब्धी मान्नुपर्छ ।

‘स्रोतहरुको सिमित ता हुँदा हुँदै पनि एक बर्षमा ७ सय ६१ बटा सरकार खुट्टा टेकेर हिडेका मात्र छैनन् बजेटहरु बनाउँदै, कार्यन्वयन गर्दै र कानूनहरु बनाएर कार्यन्वयन गर्दै अघि बढेका छन् । यो अर्को उपलब्धी हो ’ उहाँले भन्नुभयो ।

लठभ्रद्र बनाएर छोडिएको पुर्न निर्माणको काम समेत ८० प्रतिशत सम्पन्न हुनु सरकारको अर्को उपलब्धी भएको मन्त्री ज्ञवालीको भनाई थियो । मन्त्री ज्ञावलीले पुर्ननिर्माणको बाँकि काम समेत अबको दुईबर्षमा सकिने ठोकुवा गर्नुभयो ।

विस्तारै मुलुक बनिरहेको भन्दै उहाँले अबको ५ बर्ष भित्र सरकारले ठूला परियोजना सम्पन्न गर्ने बताउनुभयो । ‘यो बर्ष हामी विश्वकै १० तिव्र आर्थिक बृद्धि गर्ने देशमा पर्ने र अर्को बर्ष ८ मा पर्ने र विस्तारै टप फाइप देशमा पर्ने उहाँले भनाई थियो । कतिपयले सरकारलाई दलाल चरित्रको भएको आरोप लगाएको भन्दै उहाँले
त्यसको खण्डन गर्नुभयो । उहाँले भन्नुभयो ‘श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना हुनु र बृद्ध भएको बेलामा पेन्सन दिने व्यवस्था गर्नु दलाल चरित्र भएको राज्यले नगर्ने बताउँनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम समेत त्यस्तै समाजवाद उन्मुख कार्यक्रम भएको उहाँले भनाई थियो । ‘सकुन्जेलसम्म अवसर दिने र नसक्ने अवस्थामा राज्यले हेर्ने गरी ल्याएका कार्यक्रम समाजवाद उन्मुख नभई दलाल चरित्रको कसरी हुन्छ रु मन्त्री ज्ञवालीको प्रश्न थियो ।

राज्यमा व्यक्तिहरु दलाल चरित्रका होलान् तर राज्य भने समाजवादी चरित्रको बन्दै गएको ज्ञवालीको भनाई थियो । सरकारको आलोचना मात्र गर्ने र सकारात्मक कुरा नदेख्नेप्रति मन्त्री ज्ञावलीले भन्नुभयो ‘एक खालका मानिसहरुको आडम्बर नै सरकारलाई गाली गर्नु छ, ती कतिबेला सानो गल्ती भेटिएला र ठोकुला भनेर समाजिक संजाल उदाएर बसेका छन् ।’

मुलुकमा सरकार बनेपछि तीनवटै तह चलेको छ,अख्तियारले धमाधम भ्रष्टचारीहरु समाएको छ सबै संयन्त्रले काम गरिरहेको छ उहाँले भन्नुभयो । इतिहासमा भष्ट्राचारीहरुले आत्महत्या गर्नुपर्ने अवस्था यही सरकार आएको बेलामा भएको उहाँको भनाई थियो ।

‘हिजो भष्ट्राचारीहरु कस्ले के गर्नसक्छ भनेर फुर्ती लाउँथे, अहिले जनताले पनि घृणा गर्न थालेका छन् र धमाधम आत्महत्या गरे भनेर समाचार आइरहेको छ । ’ उहाँको भनाई थियो ।

जनताको जायज आलोचना भने आफूहरुलाई स्विकार्य भएको मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो ‘जनताका जायज आलोचना ऐना हुन् यसबाट सिक्नु र सच्चिनुपर्छ । ’ जनताले दिनुजति सबै दिएको भन्दै यो सरकारप्रति जनअपेक्षा धेरै हुनु स्वभभाविक भएको मन्त्री ज्ञवालीको भनाई थियो ।

मदन भण्डारी फाउन्डेसन केन्द्रीय अध्यक्ष  उषाकिरण भण्डारी, संघीय सांसद  कृष्ण राई,  भेषराज अधिकारीले प्रशिक्षण दिनु भएको थियो।

प्रतिक्रिया