1789
Shares

काठमाडौँ – हिन्दु नारीहरुको महान पर्व तीजको रौनक उत्कर्षमा छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा देशभरका मन्दिरमा पूजा एवं दर्शन गर्नुका साथै नाचगान गरेर रमाइलो गर्नमा महिलाहरु व्यस्त छन् ।
तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । सत्ययुगमा हिमालयपुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहारा व्रत बसी महादेवको पूजा आराधना गरेपछि पतिका रुपमा प्राप्त गरेको विषय पौराणिक ग्रन्थमा व्याख्या गरिएको छ ।
गोकर्णेश्वर महादेव मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ भने पूजापछि नाचगान भइरहेको छ ।
रंगिबिरंगी पहिरनमा सजिएका महिला भक्तजनको गोकर्णेश्वर क्षेत्रमा लर्को छ । पत्रकार आशिष तामाङ
(Mission Tour )ले कैद गरेका केही तस्बिरहरु ।