२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

अर्बौं रकम चिनियाँ ह्याकरहरुको हात पर्नबाट जोगायो नेपाल प्रहरीले

2407 Shares

काठमाडौं –भारतका बैंकहरुमा ह्याकरहरु पैसा चोरी गरेको घटना सेलाउन नपाउदै नेपाल भने जोगिएको छ । अर्बौं रकम ह्याकरहरुको हात पर्नबाट प्रहरीले जोगाएको छ । चोरीको विभिन्न शैलीका उपायहरु निकाल्दै चोरी गर्ने गिरोह अन्तर्राष्ट्रिय बजारमा सलबलाईरहेका छन् ।

यस पटक रकम चोरीको नौलो तरिकाको पर्दाफास भएको छ । बैंकको स्वीच ह्याकरहरु ह्याक गरि रकम निकालेको थाहा पाएपछि नयाँ चोरी घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा हंगामा मचिएको छ । दरबारमार्ग स्थित नबिल बैंकको एटीएममा रकम चोरी गर्दागर्दै चिनियाँ नागरिक पक्राउ परेपछि चिनियाँ ह्याकरहरुको नेपालका बैंककाबाट अर्बौं रकम चोरी गर्ने योजना बिफल भएको छ । पक्राउ परेका पाँचै जना चिनियाँ नागरिक हुन् ।

शनिबार दिउँसो करीब ४ बजे काठमाडौं प्रहरी परिसरका प्रहरी अधिकारी आन्तरिक बैठकमा व्यस्त थिए । बैठक चलिरहेका बेला परिसर प्रमुख एसएसपी उत्तम सुवेदीको फोनको घण्टी बज्यो । एसएसपी सुवेदीलाई फोनमा सिस्टम ह्याक भएर पैसा चोरी हुदैछ भन्ने सूचना प्राप्त गरे ।

काठमाडौं प्रहरी प्रमुखलाई सूचना प्राप्त हुनसाथ परिसरका प्रवक्ता होविन्द्र बोगटीको टोली घटना स्थल तुरुन्त पुग्यो । एसएसपी सुवेदीलाई फोनमा जानकारी गराउने व्यक्ति प्रभु बैंकका कर्मचारी हुन्ज, सले सिस्टम ह्याक भएको हुन नसक्ने जानकारी गराएका थिए । बोगटीको टोलीले थाहा पाएपछि अनुसन्धान सुरु गरिहाल्यो ।

प्रहरीले घटना गम्भीर विषय भएको कारण प्रहरी टोलीको साथमा दरबार मार्ग पुग्यो र दरबारमार्गका डिएसपी विनोद घिमिरे, लैनचौर प्रहरी वृत्तका डिएसपी सन्तोष राठौर र कमलपोखरीका डिएसपी समेत अपरेशनका लागि परिचालित भए । अपरेसनका क्रममा प्रहरी टोलीले नबिल बैंकको दरबारमार्गा स्थित एटीएम बूथबाटै एक चिनियाँ नागरिकलाई पक्राउ ग–यो । अनुसन्धान पश्चात प्रहरीले अन्य गिरोहका थप ४ सदस्यलाई समात्न सफल बन्यो ।

अनुसन्धानको क्रममा होटल माया मनोरम बुटिकको कोठा नम्बर ६०४ को चाबी पनि फेला परेको थियो । होटलको कोठा नम्बर ६०४ जान लिफ्ट चढ्दै गर्दा लिप्टमा सुटकेश सहित ३ जना चिनिया नागरिक बाहिरिन लाग्दै गरेको प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले फेला पारिसकेपछि नियन्त्रणमा लिन सफल भए । पक्राउपछि उनीहरुलाई प्रहरीले हिजोनै सार्वजनिक पनि गरेको छ । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिन जेलनेमाङ, लुयो जेलालिले, क्यू योङ र चेङ विन विन रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १ सय ९१, कम्बोडियाको मुद्रा ५ हजार, ८० हङकङ डलर र युरो २ सय ५० बरामद गरेको छ ।

प्रहरीले नक्कली भिसा कार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, एउटा कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्डसमेत बरामद गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ह्याकर समूहले एक करोड ६८ लाख ५४ हजार रुपैयाँ ह्याक गरेर लिएको प्रारम्भिक तथ्यांक आएको बताए ।

यो अंक बढ्नसक्ने उनको दाबी छ । एनआइसी एसिया, प्रभु र नविल बैंकबाट बढी पैसा निकालेको हुनसक्ने राष्ट्र बैंक अनुमान गरेको छ । प्रहरीका अनुसार शुक्रबार उनीहरुको समूहमा आठ जना ह्याकर आएको खुलेको छ । जसमध्ये पाँच जना पक्राउ परे पनि अन्य तीन जना अझै फरार छन् ।

पक्राउ परेका पाँच जना उनीहरुको सहयोगी भएको एसएसपी सुवेदीले जाजकारी गराए । ह्याकरको निशानामा परेका बैंकहरुले निपेक्षकर्ताको रकम सुरक्षित रहेको बताएका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले पनि त्यसलाई पुष्टि गरेको छ ।

प्रतिक्रिया