902
Shares
काठमाडौँ – प्रहरी परिसर काठमाडौंले नक्कली भिसा कार्ड बनाएर एटीएमबाट पैंसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
उनीहरु नक्कली भिसा कार्डबाट बिभिन्न बैंकका एटीएमबाट पैंसा निकाल्ने काममा संलग्न थिए ।
शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट उनीहरु पक्राउ परेका हुन । उक्त समूहले बिभिन्न बैकका एटीएमबाट १ करोड २६ लाख निकालिसकेका छन् । प्रहरीले उनीहरुको साथबाट ९ हजार अमेरिकन डलर बरामद गरेको छ ।
उक्त समूह सोमबार चीन उड्ने तयारीमा थियो ।यस बारे थप जानकारी दिन आज दिउसो पत्रकार सम्मेलन गर्ने प्रहरी परिसर काठमाडौंले जनाएको छ ।