२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

म्यानचेस्टरद्धारा ब्राइटन ४–० ले पराजित

999 Shares

काठमाडौं – साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–० ले पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । खेलको दोस्रो मिनेटमा नै केविन डी ब्राउनको गोलबाट सिटीले सुरुवाति अग्रता लियो । उसका लागि ४२ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरे ।

पहिलो हाफमा २–० को अग्रता लिएको सिटीका लागि ५५ औँ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता थप बलियो बनाए । ७९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले ४–० को जित निश्चित गरेको हो । चार खेलबाट १० अंक जोडेको सिटी दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा लेस्टर सिटीले बोर्नमाउथलाई ३–१ तथा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई १–० ले पराजित गरेको छ ।

प्रतिक्रिया