२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोज्यो ः उपसभापति निधि

931 Shares
Spread the love

काठमाडौं – नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

ग्लोवल युथ एलायन्सले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उपसभापति निधिले कम्युनिष्ट सरकार स्वीकार्य भएपनि र कम्युनिष्ट राज्य भने स्वीकार्य नहुने बताए ।

नेता निधिले लोकतान्त्रिक मुल्य र मान्यता विपरित अब विदेशबाटै साशन सञ्चालन गर्ने जस्ता गैरजिम्मेवार पूर्ण व्यवहार भएको भन्दै यसको सबैले विरोध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काँग्रेसका अर्का नेता एनपी साउदले गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेसमा अब युवाशक्तिको आवश्यक रहेको बताए ।

उनले समयको मागसँगै समृद्धि र विकासका लागि अब नयाँ पीडिलाई अवसर प्रदान गर्न ढिलाई गर्न नहुने सुझाव दिए ।

प्रतिक्रिया