२०८१, २६ आश्विन शनिबार
×

ट्रेन्डिङ

अमेरिका पठाइदिने भन्दै २ करोड ठगी, अभियुक्त फरार

1680 Shares

काठमाडौं । विदेशमा आकर्षक रोजगारी मिलाइदिने आशा देखाई सर्वसाधारणहरुबाट करोडौं रकम असुल गरी एक व्यक्ति फरार भएका छन् । काठमाण्डौ बस्दै आएका स्याङजा स्वरेक – ८ का कृष्ण बहादुर सिकेले १०० भन्दा बढी मानिसहरुलाई आकर्षक तलब सुविधा देखाएर राष्ट्रिय पत्रपत्रिकामा सुचना निकाल्दै ठगी गरेर फरार भएका हुन् ।

उनले आफनो  २ कन्सल्टेन्सी  कोरल एजुकेशन कन्सल्टेन्सी, रोएल एजुकेशन कन्सल्टेन्सी र १ मेनपावर रोएल एचआर सोलुसनबाट  क्यानडा, अमेरिका, रसिया तथा अस्ट्रेलिया पठाउने भन्दै करिब दुई करोड ठगी गरेका हुन् । उनले विभिन्न व्यक्तिहरुसँग ६० हजारदेखि ६ लाख ६० हजारसम्मको रकम ठगी गरेको खुलेको हो ।

ठगिएका केही मानिसहरुलाई भने उनले बाउन्स चेक दिएर फरार भएको बताइएको छ । उनले सामाजिक सञ्जाल भाइबरमा कुरा गर्दा पैसा दिने म्याद सार्दासार्दै एक वर्षभन्दा पनि बढीको समय दिने गरेको पीडितहरुले बताए ।

फरार हुनुअघि उनले म दिल्लीमा छु हजुरको काममा आएको भन्ने गरेको सबै काम सकेर आउँछु भने पनि अहिले सम्म अत्तोपत्तो नभएको पीडितहरु गुनासो छ । महानगरीय अपराध महाशाखा टेकुले प्रहरीले सिके नेपाल बाहिर लुकेर बसेको आशंकामा खोजि कार्य जारी राखिएको बताएको छ ।

प्रतिक्रिया