२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

प्रभु साहको राजीनामा अस्वीकृत

1000 Shares

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ । काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो ।

नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने महासचिव पौडेलको बताए।

साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोपसमेत लगाएका थिए । तर, रौतहटमै पूर्वमाओवादी पक्षका अशोक जयसवाललगायतका नेताले पत्रकार सम्मेलन गरी प्रभु साहले मनोमानी गरेकाले समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया