२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषद बैठक

1132 Shares
Spread the love

काठमाडौं– पहिलोपटक भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पहिलो पटक भिडियो कन्फेरेन्समार्फत जोडिएका हुन् ।

बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल भएको बताइएको छ ।

भिडियो कन्फेरेन्समा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया