989
Shares
काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन अनुमति दिएपछि अर्का अध्यक्ष दाहालले पहिलो पटक पार्टी सचिवालयको औपचारिक बैठक बोलाएका हुन।
सोमबार बिहान ११ बजे दाहालले बैठक बोलाएका थिए। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित सचिवालय सदस्यहरु उपस्थित छन्।
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि अध्यक्ष दाहाललाई एकल अध्यक्षता गरी पार्टीको काम अघि बढाउन सहमति दिएका थिए।
पार्टी एकता भएको १५ महिनासम्म पनि अध्यक्ष दाहालले एकल रूपमा पार्टीका काम अघि बढाउने अधिकार पाएका थिएनन्। ओली र दाहालले संयुक्त अध्यक्षता गर्दै पार्टीका बैठक चलाउँथे।