२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

ट्रकको ठक्करबाट भाँचिएर बन्द रहेको अरुणखोला पुल सञ्चालनमा

2319 Shares
Spread the love

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिएपछि १० दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियो।

गत साउन २९ गते बिहान पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको र सो भाँचिएको पुल शुक्रबार साँझ मर्मत सकिए पछि शनिबारदेखि पुल माथि बाटै यातायात संचालन भएको पूर्बी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कार्कीले अस्थायी डाईभर्सन पाँच पटक बनाएर यातायात संचालन गरिएको र पुल मर्मत गरि यातायात संचालन गरिएको बताए ।

सो पुल जिल्लाकै राजमार्गकै सबै भन्दा लामो पुल हो जसको लम्बाई तीन सय मीटर भन्दा बढि छ । पुलको पुर्ब दक्षिण को भाग १० मिटर लम्बाई र १.५ मिटर तल (गहिराई) मा भासिन जादा ठूला र साना गाडी बन्द गरि सडक डिभिजन कार्यालय बुटवलले मर्मत थालेको थियो ।

पुल भाँचिए पछि पूर्ब–पश्चिम राजमार्गमा यातायात अस्तब्यस्त रह्यो भने पटक पटक बनाइएको डाईभर्सन समेत खोलामा बाढी आएर बगाउन थाले पछि यहाँ यात्रा गर्ने यात्रुले ठूलो सास्ती खेप्नु परेको थियो ।

प्रतिक्रिया