२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

बेलायतमा ३ वर्षिय बालकमाथि एसिड प्रहार, ३ जना पक्राउ

4203 Shares

एजेन्सी । बेलायतमा एक ३ वर्षिय बालकमाथि एसिड प्रहार भएको छ । बेलायतको वोलसेस्टरमा शनिबार घटेको यस घटना सोमबार सार्वजनिक भएको हो ।

एसिड प्रहारबाट ती बालकको  मुहार र हात जलेका छन् । शनिबारनै एसिड प्रहार गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वेस्ट मर्सियाका प्रहरीले २२, २५ र २६ वर्षिय युवकलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

तर प्रहरीले यस आक्रमणको उदेश्यको बारेमा कुनै तथ्य पत्ता लगाउन नसकेको जनाएको छ । आइतबार ती बालक डिस्चार्ज भएका छन् । घटनामा संलग्न भएको आशंकामा अर्का ३९ वर्षिय व्यक्तिपनि पक्राउ परेका छन् ।

सबैलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिएको छ । ३ वर्षिय बालकमाथि भएको यस भयानक आक्रमणलाई मानवताको धज्जी उडाउने घटनाको संज्ञा दिइएको छ ।

प्रतिक्रिया