२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीमा मिर्गौलासम्बन्धी एन्टीबडी बढी देखियो : डा. दिव्या

2040 Shares
Spread the love

काठमाडौं –प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले त्यसको उपचारका लागि फेरि उपचारका लागि सिंगापुर प्रस्थान गरेको जानकारी दिएकी छन्।

डा. सिंहले बिहीबार जारी गरेको विज्ञप्तिमा साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी हस्पिटल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको उल्लेख छ । त्यसै क्रममा मृगौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएको उनले उल्लेख गरेकी छन् ।

एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचारलाई निरन्तरता दिन प्रधानमन्त्री ओली फेरि त्यसतर्फ गएको डा. सिंहले उल्लेख गरेकी छन् ।

उनको वक्तव्यमा छ ‘सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकको साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्नेछ ।’

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा जानकारी गराउने उनले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया