२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

999 Shares
Spread the love

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच तथा उपचारको फलोअपका लागि सिंगापुर प्रस्थान गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री ‌ओली सिंगापुरतिर लागेका हुन्।

स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए। यसपटक पनि सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा उनको स्वास्थ्य जाँचको फलोअप हुनेछ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सिंगापुर बसाइको अवधि तय नभएको जानकारी दिएका छन्। प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहितको टोली हुनेछ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

प्रतिक्रिया