1716
Shares
काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। पशुपतिनाथमा पूजाआजापछि जयशंकर राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका उनले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजनीतिक भेटघाट थालेका थिए। जयशंकरले राति राजपाका शीर्ष नेतासँग दुई घण्टा भेट गरेका थिए।
उनले आजै पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ। अन्य राजनीतिक भेटघाटपछि संयुक्त आयोगको बैठक समापन गरी आज नै उनी भारत फिर्ने छन्।