२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

अब प्रधानमन्त्री जहाँ भए पनि भिडियो कन्फ्रेरेन्समार्फत मन्त्रिपरिषदको बैठक संचालन गर्ने

1472 Shares
Spread the love

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने संकेत देखिएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो ।

अब प्रधानमन्त्री जहाँ भए पनि भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतम मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रचलन थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका लागि आज सिंगापुर जाँदैछन् ।

प्रधानमन्त्री ओली दिउसो १ बजे सिंगापुर प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ । यसअघि गत साउन १८ गते सिंगापुर गएका ओली उपचार गराएर साउन २७ गते फर्किएका थिए ।

सोही उपचारको फलोअपका लागि प्रधानमन्त्री ओली आज पुनः सिंगापुर जान लागेका हुन् ।

प्रतिक्रिया