२०८३, १० कार्तिक सोमबार
×

युभेन्ट्सका प्रशिक्षक सारी अस्पताल भर्ना

886 Shares

काठमाडौं – इटालीयन जाइन्ट युभेन्टसका प्रशिक्षक माउरिझियो सारीलाई निमोनियाले छोएको छ । ६० बर्षीय सारीले निमोनियाकै कारण सोमबारको टोलीको अभ्यासमा उपस्थित हुन सकेनन् ।

यो हप्ता युभेन्ट्सले ट्रिस्टिनाविरुद्धको मैत्रिपूर्ण खेलमा बिरामी भएका प्रशिक्षक सारी ज्वरोका कारण अनुपस्थित रहने बताइएको छ ।

केही विसन्चो भएपछि डाइग्नोसिस गरिएको र रिपोर्टले निमोनिया देखाएको बताएको युभेन्टसले उपाचार शुरु भइसकेको जानकारी दिएको छ ।
शनिबार युभेन्ट्सले परमाको घरेलु मैदानमा सिरी ए को ओपनिङ खेलिसकेको छ ।

इटालीयन भेट्रान सारी २०१८ मा नेपोलीबाट चेल्सी पुगेका थिए भने उनले चेल्सीमा रहँदा क्लबलाई युरोपा लिगको उपाधि दिलाएका थिए । उनी जुनमा युभेन्ट्स पुगेका हुन् ।

प्रतिक्रिया