२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

बाल यौन दुराचारमा संलग्न स्वीट्जरल्याण्डका नागरिक पिटर काठमाडौंमा पक्राउ

2052 Shares
Spread the love

काठमाडौँ । महानगरीय अपराध महाशाखाले बाल यौन दुराचारमा संलग्न विदेशी नागरिकलाई पक्राउ गरेको छ।

शुक्रबार महाशाखा टोलीले काठमाडौँ बस्ने युवतीलाई फेसबुकमार्फत साथी बनाई आर्थिक प्रलोभन देखाउँदै यौन दुराचार गर्ने स्वीट्जरल्याण्डका ६६ वर्षीय पिटर क्रिश्चियन ल्याङगेनण्डोर्फलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

काठमाडौँको चुच्चेपाटीस्थित टिगर होटल र भक्तपुरका विभिन्न होटलमा बोलाई उनले यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको जनाइएको छ।

अभियुक्त पिटरले चुच्चेपाटीमा टिगर इन र भक्तपुरमा वेलकम हेरिटेज इन होटल साझेदारीमा सञ्चालन गर्दै आएको महाशाखाले जनाएको छ।

मुलुकी ऐन, जबर्जस्ती करणी महलको दफा ३ मा १६ वर्षभन्दा कमको नाबालकलाई जबर्जस्ती करणी गरेमा ६ देखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ।

प्रतिक्रिया