२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

डा. केसीद्वारा स्वास्थ्यजाँच अस्वीकार

1921 Shares
Spread the love

४ साउन, काठमाडौं । डा. गोविन्द केसीले बिहीबार जुम्लामा सरकारको व्यवहारको विरोधमा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् ।हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले बिहीबार जुम्लामा सरकारले अस्पतालभित्रै गरेको आक्रमणको विरोधमा स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका हुन् ।

केसीले ब्लड प्रेसर नाप्न, मुटुको चाल नाप्नसमेत दिएका छैनन् । उनका सहयोगीका अनुसार बिहीबारपछि डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिएको छैन । केसीले आफ्नो रगत जाँचको लागि नमुना झिक्न पनि नदिएका उनका सहयोगीले बताएका छन् ।

बिहीबार केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै प्रवेश गरी विद्यार्थी र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो ।

प्रतिक्रिया