२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सुनचाँदीको भाउ घट्यो

1956 Shares
Spread the love

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा झरेको छ । यसैबीच साउन महिनामा मात्रै सुनको भाउ तोलामा ७ हजार रुपैयाँ बढेको छ । महिनाको पहिलो दिन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता रेकर्ड बनाउँदै महिनाको अन्तिम दिन गएको शुक्रबार तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया