२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

बाबुराम भन्छन् – प्रधानमन्त्री ओली कतिबेला कुर्सी जाने हो भनेर थर्थर कामिरहेका छन्

1313 Shares
Spread the love

गोरखा – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकोप्रति आपत्ति जनाएका छन्।

समाजवादी पार्टीको जिल्ला समिति समायोजन घोषणा सभामा बोल्दै नेता भट्टराईले राष्ट्रप्रमुखले आफ्नै देशको अस्पतालको विश्वास नगरेर विदेशमा औषधोपचार गर्न गएको भन्दै आलोचन गरे।

‘यस्तो सुन्दर देश छ, यहीँ नै राम्रो, भरपर्दो अस्पताल बनाउने, आफूले पनि यहीँ उपचार गर्ने, अरुलाई पनि स्वदेशकै अस्पतालमा उपचार गर्न प्रोत्साहन गर्नुपर्नेमा सामान्य चेकजाँचका लागि पनि हाम्रा देशका सरकार प्रमुख विदेशमा स्वस्थ्य चेकजाँच गर्न जान्छन्। यस्ता सरकार प्रमुखबाट जनताले के अपेक्षा गर्ने ?’ भट्टराईले भने, ‘पन्ध्र अर्बले नेपालमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउन सकिन्छ, तर अहिलेका प्रधानमन्त्रीले १५ अर्ब खर्च गरेर झापामा वुद्धको मूर्ति बनाउने तयारी गरिरहनु भएको छ। यस्तो सोचले विकास र समृद्धि आउँछ ? कस्तो सोच हो, नेताको ?’

दुई तिहाइको सरकार भने पनि प्रधानमन्त्री कुर्ची ढल्ने डरमा रहेको आरोप लगाए। ‘दुई तिहाइको सरकार त भनिएको छ, तर हाम्रा प्रधानमन्त्रीलाई कुर्ची जोगाउनै धौधौ छ’, उनले भने, ‘आफ्नै पार्टीभित्रका आफ्नै साथीहरुसँग यति आशंका छ कि, कतिबेला कुर्ची जाने हो, थाहा छैन। कतिबेला कुर्सी जाने हो भनेर उहाँ थर्थर कामिरहनु भएको छ।’

ठूला भ्रष्टाचारीलाई कुनै कारबाही नहुने, साना भ्रष्टाचारीलाई मात्र कारबाही गर्ने, आत्महत्या गर्नसम्म बाध्य पार्ने गरेको उनको भनाइ छ।

प्रतिक्रिया