२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री पदमुक्त

978 Shares
Spread the love

सुर्खेत – कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । बैंकिङ कसुरमा अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई बर्खास्त गरेका हुन् । उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले सम्हाल्ने छन् ।

कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई उच्च अदालत पाटनले मंगलबार ३ दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।

एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरे बैंकलाई हानी नोक्शानी पुर्‍याएको कृषि विकास बैंकको दाबी छ ।

प्रतिक्रिया