848
Shares
काठमाडौं– तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित (हाल समाजवादी पार्टीका) सांसद सूर्यनारायण यादव ‘सुरज’ले सांसद पदबाट राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्यका कारण सांसदको रुपमा काम गर्न असक्षम रहेको कारण देखाउँदै यादवले राजीनामा संघीय संसद सचिवालयमा आफ्ना राजीनामा पत्र दर्ता गराएका हुन् ।
यादवको राजीनामाबारे जानकारी भए पनि सभामुख कृष्णबहादुर महराले स्वीकृत भने नगरेको संसद सचिवालयले जनाएको छ ।
समाजवादी पार्टीका एक नेताका अनुसार यादवले १ वर्ष अघिदेखि नै राजीनामा दिने बताइरहेका थिए । पार्टीको कार्यशैलीप्रति चित्त नबुझेको भन्दै बेलाबेलामा उनले राजीनामा दिने बताउँदै आएको समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।