2138
Shares
काठमाडौं – स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उनी सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् ।
प्रधानमन्त्रीको प्रतिक्रिया लिन पत्रकारहरु पनि प्रतीक्षा गरेर विमानस्थल पुगेका थिए, तर प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न मानेनन् । ’ विमानस्थलमा ओर्लिएपछि ओली पत्रकार सम्मेलन नगरी सिधै निवास तर्फ प्रस्थान गरे ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।