२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सुन्दरीजलमा नुहाउन गएका एक युवक मृत फेला

1341 Shares
Spread the love

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा गएराती नुहाउने क्रममा बाग्मती नदीले बगाएर बेपत्ता भएका युवक मृत भेटिएका छन् ।

सिनामंगल बस्दै आएका रामेछापका २३ वर्षीय तेन्जिङ लामालाई गएराति ११ बजे नदीले बगाएको थियो । उनी बोलबमको लागि सुन्दरीजल गएका थिए ।

खोज तलासको क्रममा लामालाई गएराति करिब पौने ३ बजे फेला परेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रतिक्रिया